नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयका पछिल्ला गतिविधिहरूमा प्रश्न उठाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा उनले मन्त्रीको आलोचना गर्दै दूधकोसी जलविद्युत् कम्पनीका सीईओ विमल गुरुङलाई कारबाही गरिएको विषयमा आपत्ति जनाएका छन्।
त्यस्तै, पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारले अघि बढाएको प्रक्रियाबारे पनि प्रश्न उठाए।
उनले भने, “कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भन्ने हल्ला चलिरहेको छ। उज्यालो नेपाल बनाउँदा के गल्ती गरे? घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफामा पुर्याएर के गल्ती गरे? मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गरे कुलमानले? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गरेर के गल्ती गरे कुलमानले?”
पौडेलले विद्युत् नियमन आयोगको निर्णयको बारेमा पनि प्रश्न गरे, जसमा विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको लाइन काट्ने भन्ने कुरामा स्पष्टता आवश्यक रहेको बताए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया