जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता प्रक्रिया अघि बढ्यो, चुनाव चिन्ह ‘ढकिया’ राख्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता प्रक्रिया अघि बढ्यो, चुनाव चिन्ह ‘ढकिया’ राख्ने

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ। दुवै दलले सहमति गरेर एकीकरणका लागि कार्यदल गठन गरेका छन्, र कार्यदलको पहिलो बैठक हालै सम्पन्न भएको छ। पार्टी एकता निश्चित भइसकेको छ, र प्रक्रिया चाँडै टुंग्याउने तयारीमा छन्।

एकीकृत पार्टीको अध्यक्ष डा. सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको छ। पार्टीको नाम “नागरिक जनमत” राख्ने र चुनाव चिन्हमा ढकिया रहने कुरा छलफलमा छन्। कार्यदलमा जनमतबाट उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट गंगा चौधरी, सुनिता चौधरी र रामलाल डगोरा थारु रहेका छन्।

सिके राउतले जनमतको केन्द्रीय समितिको बैठकमा उपस्थित भएर एकता प्रक्रियामा सकारात्मक भूमिका निभाउनका लागि रेशम चौधरी र रञ्जिता श्रेष्ठको प्रशंसा गरेका थिए। उनले एकता प्रयास सफल भएमा पार्टीले ३० सीट जित्न सक्ने विश्लेषण गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स