नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (२०८२ भदौ २४ गते) का लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ।
नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यू आदेश जारी गरेको छ। साथै, धेरै कारोबार सदस्य र लगानीकर्ताहरूबाट कारोबार स्थगन गर्न अनुरोध आएपछि सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम आजको सम्पूर्ण कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ।
जेन–जी युवाहरूले भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।


प्रतिकृया