रास्वपाले भन्यो, “सरकारले गभर्नर नियुक्तिमा तमासा देखायो”



Advertisement
Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले सरकारको ध्यान राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनन्दिन जीवनसँग जोडिएका चुनौतीहरू समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले वर्षे अधिवेशनमा प्रस्तुत गरिने सरकारको नीति तथा कार्यक्रम र बजेटलाई यथार्थपरक र जनमुखी बनाउन आग्रह गरे। उनले शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता मुख्य क्षेत्रहरूमा प्राथमिकता दिई बजेट निर्माण गर्न सुझाव दिए। साथै, सामाजिक न्याय र समावेशिताको पक्षलाई पनि ख्याल गर्नुपर्ने बताएका छन्।


Advertisement

सरकारले बजेट ‘कनिका छरेझैं’ नछर्ने चेतावनी दिँदै सांसद अर्यालले अनुत्पादक खर्च कटौती, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको प्रवर्द्धन अपरिहार्य रहेको धारणा व्यक्त गरे।

गभर्नर नियुक्तिमा सरकारले तमासा देखाएको आरोप लगाउँदै उनले शिक्षक, चिकित्सक र सहकारी पीडितहरूको असन्तुष्टिमा सरकार बेखबर रहेको गुनासो गरे। संविधानमा रहेका कमजोरी सुधारबाट सुधारको थालनी हुनुपर्नेमा उनले विशेष जोड दिए। तर, वर्तमान सरकारले त्यस दिशामा पर्याप्त काम गर्न नसकेको उनले बताए।

सांसद अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि अनावश्यक रूपमा फौजदारी मुद्दा लगाइएकोप्रति आपत्ति जनाउँदै, सरकारले जबर्जस्ती थुन्ने प्रक्रियामा लागेको आरोप समेत लगाए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर