बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

नेपाल आयल नगमले पेट्रोल र हवाई इन्धनको मूल्यमा वृद्धि भएको छ।आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा १ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा २ रुपैयाँ, र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौंमा १५ अमेरिकी डलर, पोखरामा ३४ अमेरिकी डलर, र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ, तथा अन्य क्षेत्रमा १५७.५० रुपैयाँ तोकिएको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको प्रतिलिटर मूल्य १२८ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको नयाँ मूल्यअनुसार काठमाडौंमा प्रतिटन ९७५ अमेरिकी डलर, पोखरामा ८१८ अमेरिकी डलर, र भैरहवामा ८०२ अमेरिकी डलर निर्धारण गरिएको छ।

petrol https://bajarkochirfar.com/the-price-of-petrol-and-jet-fuel-has-increased | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स