सुनको मूल्य १ लाख ५५ हजार नाघ्यो, तोलाको कतिमा किन्न पाइन्छ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी मूल्य १५ रुपैयाँले बढेर तोलाको १ हजार ८६० रुपैयाँमा किनबेच भइरहेको छ।