अण्डाको मूल्य फेरि बढ्यो, कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २४ गते
अण्डाको मूल्य फेरि बढ्यो, कति पुग्यो ?
AdvertisementAds

अण्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले शुक्रबारदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेपछि बजारमा मूल्य उकालो लागेको हो।

नयाँ मूल्यअनुसार एक्सएल अण्डाको प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ र सानो अण्डाको मूल्य बढाइएको छ। मूल्य वृद्धिसँगै खुद्रा बजारमा अण्डा प्रतिगोटा करिब २५ रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।

अण्डाको मूल्य बढेपछि कुखुरापालक किसानले राहत महसुस गरेका छन् भने उपभोक्ताले दैनिक उपभोग्य खर्च थप बढ्ने चिन्ता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स