instainsta

२ अर्ब ३९ करोड रुपैयाँ लागतमा राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दियो चिनियाँ कम्पनीलाई

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १२ गते
२ अर्ब ३९ करोड रुपैयाँ लागतमा राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दियो चिनियाँ कम्पनीलाई
AdvertisementAds

नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब बराबरको नोट छपाइका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेइजिङ लाई ठेक्का दिएको छ। यसका लागि १६.९८५ मिलियन अमेरिकी डलर, अर्थात् हालको विनिमय दरअनुसार करीब २ अर्ब ३९ करोड रुपैयाँ लागत पर्नेछ।

यस अन्तर्गत १ हजार दरका ४३ करोड थान नोट छापिनेछन्। प्रति थान नोट छपाइ लागत करिब ५ रुपैयाँ ५६ पैसा पर्ने राष्ट्र बैंकको अनुमान छ। राष्ट्र बैंकले भदौ १० गते बोलपत्र आह्वान गरेको थियो, र तोकिएको समयभित्र प्राप्त प्रस्तावमध्ये सारभूत रूपमा प्रभावकारी बोलपत्रदातामध्येबाट उक्त कम्पनी चयन गरिएको हो।

मुद्रा व्यवस्थापन विभागका अनुसार छनोट प्रक्रिया बोलपत्र मूल्य, क्षमता तथा प्राविधिक पक्षका आधारमा गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स