राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा २७ बमोजिम रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने निर्णय गरिएको हो।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार, यदि कुनै राष्ट्र सेवक, कर्मचारी वा पदाधिकारी थुनामा रहन्छ र उसविरुद्ध दफा २२ बमोजिम मुद्दा दायर गरिएको छ भने, त्यस मुद्दाको किनारा नभएसम्म त्यसलाई स्वतः निलम्बन भएको मानिने प्रावधान रहेको छ।
कास्की जिल्लाको सरकारी वकिलको कार्यालयले रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ। साथै, उनकी पत्नी निकिता पौडेलको पनि मुद्दा दायर गरिएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया