Advertisement
Ads

स्वास्थ्य मन्त्रालयले जारी गर्यो बिरामी प्रेषण निर्देशिका, के छ नयाँ व्यवस्था?



Advertisement
Ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक र भर्ना भएका बिरामीको रिफरल प्रक्रियालाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी गरेको छ। यो निर्देशिका अनुसार, बिरामी पहिलोपटक पुगेको अस्पतालले अर्को स्वास्थ्य संस्थामा भर्ना नभएसम्म समन्वय र जिम्मेवारी लिनेछ। निर्देशिकाले बिरामीको जीवन रक्षा र अस्पतालमा चाप व्यवस्थापनलाई प्राथमिकता दिएको छ। अबदेखि कुनै पनि स्वास्थ्य संस्थाले बिरामीलाई नजिकको अस्पतालमा मात्र रिफर गर्न सक्नेछ, र रिफर अघि दोस्रो अस्पतालमा उपलब्ध सेवा, शय्या, र अन्य सुविधाबारे सुनिश्चित गर्नुपर्नेछ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसअघि नै आकस्मिक कक्षमा अनिवार्य जीवन रक्षाको उपचार तत्काल सुरु गर्नुपर्ने र सम्भव नभएको उपचार निकटतम केन्द्रमा सुरक्षित रूपमा रिफर गरिने घोषणा गरेका थिए। मन्त्रालयले निर्देशिका जारी गर्दै सरकारी अस्पतालहरूको चाप कम गर्न र बिरामीलाई सहज उपचार सेवा उपलब्ध गराउन ठोस कदम चालेको जनाएको छ। यसैगरी, प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश, र संघीय तहमा रेफरल एकाइ स्थापना गर्ने व्यवस्था गरिएको छ। यी एकाइहरूले स्वास्थ्य संस्थाहरूलाई बिरामीको रिफरल प्रक्रिया व्यवस्थापन गर्न सहयोग गर्नेछन्।


Advertisement

निर्देशिकाले बिरामीको अघिल्लो परीक्षण विवरणहरू साझा हुने व्यवस्था गरेकाले दोहोर्‍याएर परीक्षण गर्नुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ। बिरामीलाई उपचारका लागि स्वतन्त्रता दिइने भए पनि अनावश्यक रूपमा रिफर गर्ने अभ्यासलाई रोक्न पनि निर्देशिका प्रभावकारी हुने मन्त्रालयले जनाएको छ। यो निर्देशिकाले बिरामीलाई छिटो, सुरक्षित, र सहज उपचार सेवाको पहुँच सुनिश्चित गर्न योगदान दिने अपेक्षा गरिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर