प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा बन्द हुने विद्युत् आपूर्तिको समस्या उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले हाल देखिएको अनियमित आपूर्ति समस्यालाई तत्काल समाधान गर्न आग्रह गर्दै नियमित र स्थिर विद्युत् सेवा सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले बैठकमा बोल्दै भने, “अहिले घरघरमा अन्धकार छ, बत्ती निरन्तर झ्यापझ्याप गइरहेको छ। यसको कारण खुलाउन र शीघ्र समाधान गर्न म सरकारसँग अनुरोध गर्छु।”
त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरवाहीका कारण विद्युत् क्षेत्रमा कार्यरत कामदारहरूको अनाहक मृत्यु भइसकेको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण गराए।
“हिजो हामीले लोडसेडिङ अन्त्य गरेका थियौं, तर अहिले फेरि लोडसेडिङजस्तै बत्ती गइरहेको छ। के अब फेरि नेपाली जनताले अन्धकारमै बस्नुपर्ने हो?” भन्दै उनले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई तुरुन्त कदम चाल्न आग्रह गरे।














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया