नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।
उनले सरकारले असन्तुष्टिको आगो निभाउने ठाउँमा उल्टै मट्टितेल हाल्ने काम गरेको टिप्पणी गरेका छन्। सरकारको कार्यसम्पादनले असन्तुष्टि कम गर्नुपर्ने बेला उल्टै यस्तो निर्णय गर्नु आपत्तिजनक भएको उनले बताएका छन्।
थापाले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै भने, “मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने हो, तर यहाँ त्यो देखिएन। गलत निर्णयबाट सही गन्तव्यमा पुग्न सकिँदैन।”
यसअघि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयको विरोध गरेका थिए।




















प्रतिकृया