आरम्भ चौतारी लघुवित्तको साधारण सभा आज बस्दै, के के छन् प्रस्तावहरु ?

आरम्भ चौतारी लघुवित्तको साधारण सभा आज बस्दै, के के छन् प्रस्तावहरु ?
AdvertisementAds

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (माघ १४) बिहान १० बजे, बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान हिसाबका साथै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयमा छलफल गरिनेछ।

सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी प्रक्रिया अगाडि बढाउन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ। कम्पनीले यस वर्ष पनि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। त्यसैले, सेयरधनीहरूको हात यसपटक खाली हुनेछ।

सभाका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ। यसअनुसार, माघ १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स