SHAREHUB SHAREHUB

संघीय मन्त्रालयले बालेन शाहलाई चिठी लेख्दै भन्यो, “अधिकृत गुरागाईंलाई काम गर्न दिनुस्”

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
Advertisement Ads
संघीय मन्त्रालयले बालेन शाहलाई चिठी लेख्दै भन्यो, “अधिकृत गुरागाईंलाई काम गर्न दिनुस्”
Advertisement Ads

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ।

मन्त्रालयले काठमाडौं महानगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका गुरागाईंलाई महानगर प्रमुख (मेयर)  बालेन्द्र शाह (बालेन) ले कार्यालयमा हाजिर हुन नदिएको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन दिएको हो।

गुरागाईंले गत पुस ८ गतेदेखि कार्यालयमा उपस्थित हुन नपाएको उल्लेख गर्दै मन्त्रालयमा लिखित गुनासो दर्ता गराएका थिए। उनले मेयर बालेन साहले कार्यकक्षमा ताला लगाएर काम गर्न नदिएको र विभिन्न झूठा आरोपहरू लगाएको आरोपसमेत लगाएका छन्।

यस घटनापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई निर्बाध रूपमा काम गर्न दिनुपर्ने भन्दै काठमाडौं महानगरलाई आवश्यक कदम उठाउन आग्रह गरेको छ।

mantralaya mahanagar patra scaled e1741247359515 https://bajarkochirfar.com/the-federal-ministry-wrote-a-letter-to-balen-shah-saying-let-the-authorized-guragain-do-his-job | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स