सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा
AdvertisementAds
सूर्यज्योति लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गरिदिएको छ । पुस ६ गते साधारण सभा सम्पन्न गरेको यस इन्सुरेन्सले त्यस लगत्तै लाभांश खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले कनेक्ट आइपीएस मार्फत सेयरधनीहरुको उल्लेख भएको हितग्राही बैंक खातामा २० प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स