राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको नियुक्ति कानूनविपरीत भएको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा बोल्दै शाहीले पौडेल गभर्नर बन्न अयोग्य रहेको स्पष्ट पारे।
शाहीका अनुसार राष्ट्र बैंक ऐनमा गभर्नर पदका लागि कुनै पनि व्यक्ति कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्छ भन्ने व्यवस्था छ, जुन पौडेलको हकमा उल्लंघन भएको हो।
उनले गभर्नर पौडेलसँग आवश्यक मौद्रिक नीतिको ज्ञान नभएको भन्दै आलोचना गरे। “पौडेलको शैक्षिक पृष्ठभूमि कृषि विषयमा आधारित छ,” भन्दै शाहीले राष्ट्र बैंकको जिम्मेवारी सम्हाल्न उपयुक्त योग्यता नभएको टिप्पणी गरे।















प्रतिकृया