सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित १९ औं वार्षिक साधारणसभा भोलि, माघ ८ गते, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने भएको छ। यसअघि पुस २८ गते सोही स्थान र समयमा बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो।
स्थगित साधारणसभामा असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरिने छ। साथै, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने निर्णय हुनेछ।
सभाले एक जना महिला सहित ४ जना सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समिति गठन र नियामक निकायबाट प्राप्त सुझाव वा निर्देशन अनुसार कार्यान्वयन गर्ने अधिकार सञ्चालक समितिलाई दिनेछ।
साधारणसभा र लाभांश वितरणको प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिन बूक क्लोज गरिसकेको छ। त्यसैले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १३ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछ।














प्रतिकृया