सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित १९औँ वार्षिक साधारणसभा आज माघ ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुँदैछ।
यसअघि पुस २८ गते सोही स्थान र समयमा बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो। सोही स्थगित साधारणसभा आज पुनः बस्न लागेको हो।
साधारणसभाले असार मसान्तसम्म कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्तावमा निर्णय गर्नेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरिनेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ।
त्यसैगरी एक जना महिलासहित चार जना सञ्चालकको निर्वाचन, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समिति गठन तथा नियामक निकायबाट प्राप्त हुने कुनै सुझाव वा निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया