स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.६२५०७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। जसअनुसार, १३.८९३८२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३१२५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।
हाल कम्पनीले एफपीओ निष्काशन गरिरहेको हुँदा, बुक क्लोज अगावै एफपीओ बाँडफाँड भई नेप्सेमा सूचीकृत भएमा एफपीओ सेयरधनीले पनि लाभांश प्राप्त गर्नेछन्। त्यस्तो अवस्थामा, बोनस सेयर १३.५० प्रतिशत र नगद लाभांश ०.७१०५३ प्रतिशत गरी कुल लाभांश १४.२१०५३ प्रतिशत हुनेछ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।




















प्रतिकृया