केही व्यक्तिहरूबाट खतरा रहेको भन्दै सुदन गुरुङले मागे पीएसओ

केही व्यक्तिहरूबाट खतरा रहेको भन्दै सुदन गुरुङले मागे पीएसओ

गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङलाई पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखामा अनुरोध पत्र पुगेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार बनेका गुरुङमाथि सुरक्षा खतरा बढेको जानकारी प्राप्त भएपछि रास्वपाको गोरखास्थित जिल्ला समिति सचिव मिलन रानाले पत्रमार्फत सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरेका हुन्।

पत्रमा उल्लेख छ, “प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङमाथि सुरक्षा खतरा बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिन अनुरोध छ।” हाल गुरुङ निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा व्यस्त छन्।

s gurung 85GqfiTvDK https://bajarkochirfar.com/sudan-gurung-seeks-pso-citing-threat-from-some-individuals | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स