सरकारी जग्गाको भाडा नतिर्ने उद्योगमाथि कडाइ, ४६ करोड ७३ लाखभन्दा बढी बक्यौता असुल

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १ गते
सरकारी जग्गाको भाडा नतिर्ने उद्योगमाथि कडाइ, ४६ करोड ७३ लाखभन्दा बढी बक्यौता असुल
AdvertisementAds

सरकारी जग्गा तथा संरचना प्रयोग गर्दै वर्षौंदेखि भाडा नतिर्ने उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कडाइ गरेपछि बक्यौता रकम असुलीले गति लिएको छ। मन्त्रालयका अनुसार हालसम्म ४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँ ५२ पैसा सरकारको खातामा जम्मा भइसकेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले उद्योगहरूलाई सात दिनभित्र सम्पूर्ण बक्यौता भाडा चुक्ता गर्न निर्देशन दिँदै अन्यथा विद्युत् र खानेपानीको लाइन काटिने चेतावनी दिएकी थिइन्। त्यसपछि कारबाहीबाट बच्न उद्योगहरूले बक्यौता तिर्न थालेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बिहीबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता असुल भएको छ। बक्यौता चुक्ता गरेपछि हिजो र आज गरी पाँच उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ। तर, अझै २१ उद्योगले बक्यौता नतिरेकाले उनीहरूको विद्युत् आपूर्ति बन्द नै रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी बक्यौता रहेका कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिले ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा तथा कन्टिनेन्टल सर्भिसेज प्रालिले १ करोड १ लाख ५३ हजार ४११ रुपैयाँ १७ पैसा (जरिवाना बाहेक) तिर्न बाँकी छ।

यी दुवै कम्पनीले बक्यौता नतिरी सरकारी गोदाम सञ्चालन गरिरहेको पाइएको भन्दै मन्त्रालयले सम्बन्धित निकायसँग परामर्श गरेर थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स