नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी दुवै लगानीकर्तालाई नेपालमा सहज र भरपर्दो लगानी वातावरण बनाउनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा सम्पन्न इप्पानको २३ औं वार्षिक साधारण सभामा उनले लगानीका लागि आउने जोसुकैलाई सरल र सजिलो माध्यमबाट लगानीको सुविधा दिन सरकारले ध्यान दिनुपर्ने बताए।
देउवाले सरकारले लगानीकर्तालाई अप्ठ्यारो पार्ने कुनै व्यवस्था गर्नु नहुने जोड दिँदै, उत्पादित विद्युतको खपत र व्यापार गर्ने जिम्मेवारी सरकारको भएको पनि स्पष्ट पारे। उनले निजी क्षेत्रलाई पनि यस प्रक्रियामा सहभागी गराउनु आवश्यक रहेको बताए।
साथै, जलविद्युत आयोजनाको आईपीओ निष्काशन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै सेयर निष्काशन गर्नुपर्ने उल्लेख गरे। नेपालमा ऊर्जा क्षेत्रलाई प्रकृतिले दिएको ठूलो सम्पत्ति भएको भन्दै, पूर्वप्रधानमन्त्री देउवाले ग्रिन इनर्जी अर्थात हरित ऊर्जामा थप जोड दिन आग्रह पनि गरे















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया