आइएमइका ग्राहकलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १७ गते
आइएमइका ग्राहकलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट

आइएमइमार्फत कारोबार गर्ने सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन्।आइएमईमार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्नेछन्। रकम प्राप्त गरेको तीन महिनासम्म रसिद देखाएर छुट लिन सकिने कम्पनीले जनाएको छ।

मौलाकाली केबलकारका सञ्चालक रुद्रराज पौडेलले विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई मौलाकाली, कामाख्या देवीलगायतका देवस्थलको दर्शनमा प्रोत्साहित गरुन् भन्ने उद्देश्यले  छुट  व्यवस्था मिलाइएको बताए। परिवार तथा प्रियजनको खुसीले मेहनत गर्न तथा बढी रकम पठाउन समेत विदेशमा रहेकाहरूलाई प्रोत्साहित गर्ने पनि पौडेलले उल्लेख गरे ।

नवलपुरको गैंडाकोटस्थित मौलाकाली केबलकार, रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारले मन्दिर दर्शन र अन्य घुमफिर व्यवस्था मिलाउँदै आएका छन्।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स