प्रमुख विपक्षी दल माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतका दलहरूको अवरोध कायम रहेपछि सभामुख देवराज घिमिरेले संसद् भवन बानेश्वरमा प्रमुख पाँच दलका नेताहरूसँग छलफल जारी राखेका छन्।
छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार तथा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।
यसअघि आज बिहान मात्रै सभामुख घिमिरेले रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग बालुवाटारमा संसद् अवरोधसम्बन्धी छलफल गरेका थिए।
भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गर्दै रास्वपाले आइतबारको प्रतिनिधिसभा बैठकमा वेल घेर्ने र नाराबाजी गर्ने जस्ता विरोधका कार्यक्रमहरू सञ्चालन गरेको थियो। विपक्षी दलहरूको विरोधका बीच पनि सभामुख घिमिरेले बैठकको कार्यसूची अगाडि बढाएका थिए।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया