सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन मिति परिवर्तन गरेको छ। यसअघि कम्पनीले वैशाख २ गतेदेखि वैशाख ६ गतेसम्म आईपीओ खुला गर्ने जनाएको थियो।
तर सरकारले आइतबार समेत सार्वजनिक बिदा दिएपछि सोहीअनुसार मिति परिमार्जन गरिएको कम्पनीले जनाएको छ। अब कम्पनीको आईपीओ वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म खुला हुनेछ।
कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्टासम्म आवेदन दिन सक्नेछन्।
यस आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। साथै, कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया