पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजी बजारमा देखिएको अनिश्चितता र साना लगानीकर्ताको निराशाका लागि नियामक निकाय धितोपत्र बोर्डको कमजोरीलाई जिम्मेवार ठहर गरेका छन्।
प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनले बजारमा निरन्तर देखिएको उतारचढावले साना लगानीकर्तामा विश्वास घटेको र उनीहरू लाभान्वित हुन नसकेको बताए। कार्कीका अनुसार यस्तो अवस्था रहिरहनु नियामक कमजोरीको संकेत हो।
उनले पुँजी बजारलाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउनेतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए। साना लगानीकर्तामा उत्साह थप्न र बजारमा विश्वास कायम गर्न राज्यका जिम्मेवार निकायहरू गम्भीर बन्नुपर्ने उनले बताए।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया