घाटाबाट नााफामा फर्कियो सिंगटी हाईड्रोपावर, विद्युत बिक्री आम्दानी ५५ करोड



Advertisement
Ads

सिंगटी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय सुधार गर्दै अघिल्लो वर्षको घाटालाई नाफामा परिणत गर्न सफल भएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, यस अवधिमा कम्पनीले १३ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो।

नाफामा देखिएको सुधार विद्युत बिक्री आम्दानीमा भएको वृद्धिसँगै खर्च कटौतीले सम्भव भएको हो। समीक्षावधिमा कम्पनीले विद्युत बिक्रीबाट ५५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष ५३ करोड ७२ लाख रुपैयाँ थियो। साथै, अन्य आम्दानी २२ लाख रुपैयाँ रहेको छ।


Advertisement

खर्चतर्फ हेर्दा, कुल खर्च ५५ करोड ८० लाखबाट घटेर ४० करोड ८४ लाख रुपैयाँमा झरेको छ भने वित्त खर्च पनि ३६ करोड ८६ लाखबाट घट्दै २० करोड ८२ लाखमा सीमित भएको छ।

सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ सञ्चित रहेको छ भने सञ्चित नाफा ९५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल चालु सम्पत्ति १३ करोड २ लाख रुपैयाँ र चालु दायित्व ४७ लाख ७६ हजार रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा हाइड्रोपावरको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ९९ पैसा रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर