सिक्लेस हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ६३.२६ प्रतिशतले बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको बिद्युत बिक्रि आम्दानी २.९५ प्रतिशतले बढेर ३० करोड २ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी केही घटेर ३० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ३० करोड ८१ लाख रुपैयाँ थियो।
यता, वित्त खर्चमा उल्लेखनीय कटौती हुँदा नाफा बढेको हो। कम्पनीले वित्त खर्च १२ करोड १३ लाख रुपैयाँबाट घटाएर ७ करोड ७३ लाख रुपैयाँमा सीमित गरेको छ। यस्तै ८ करोड ४९ लाख रुपैयाँ ह्रासकट्टी खर्च व्यहोरेको छ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च ६ करोड ३२ लाख रुपैयाँ र कुल गैर सञ्चालन खर्च १६ करोड २२ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भ कोष ६ करोड ८० लाख रुपैयाँबाट बढेर १३ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ १२ पैसा, मूल्य–आम्दानी अनुपात ९४.३८ गुणा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा कायम भएको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।











![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-768x432.jpg)



![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)




प्रतिकृया