सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पठायो नगद लाभांश सेयरधनीको बैंक खातामा, नपाएकाले के गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पठायो नगद लाभांश सेयरधनीको बैंक खातामा, नपाएकाले के गर्ने ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूको खातामा नगद लाभांश जम्मा गराएको छ।

कम्पनीको ३१औं साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार, फागुन १ गतेसम्म कायम रहेका सेयरधनीको खातामा नगद लाभांश पठाउन थालिएको कम्पनीले जनाएको छ।

२०७९ फागुन १७ गते सिद्धार्थ इन्स्योरेन्स तत्कालीन प्रिमियर इन्स्योरेन्समा गाभिएको थियो। फागुन १६ गतेसम्म कायम रहेका साबिक सिद्धार्थका सेयरधनीहरूको लाभांशमा आयकर ऐनअनुसार कर कट्टा गरिएको छैन, तर साबिक प्रिमियरका सेयरधनीहरूको नगद लाभांशमा कर कट्टा गरिएको कम्पनीले जनाएको छ। मर्जरपछि २०७९ फागुन १७ गतेदेखि कायम रहेका सेयरधनीहरूको हकमा भने थप भएको सेयरमा कर कट्टा गरी मात्र लाभांश भुक्तानी गरिएको छ।

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।

साथै, सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा पेश गरेपछि मात्रै नगद लाभांश प्राप्त गर्ने व्यवस्था गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स