Advertisement
Ads

नेपाल प्रीमियर लीग स्पोन्सर गरेको सिद्धार्थ बैंकको नाफामा ५३ प्रतिशतको गिरावट, ईपीएस साँढे ८ रुपैयाँले घट्यो



Advertisement
Ads

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.३६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस अवधिमा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो।

इम्पेरमेन्ट चार्जको बढ्दा बैंकको नाफामा गिरावट देखिएको हो। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड रुपैयाँबाट बढेर २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यता बैंकको ब्याज आम्दानी भने ०.३० प्रतिशतको बढेर भई ५ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ पुगेको छ।


Advertisement

पुस मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी ४.४० प्रतिशतले बढेको छ भने फि तथा कमिशनबाट हुने आम्दानी १८.६८ प्रतिशतले घटेको छ। जसकारण बैंकको सञ्चालन मुनाफा ५४.३७ प्रतिशतले घटेर २ अर्ब ५७ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

नाफामा घट्दा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष १६ रुपैयाँ १८ पैसा रहेको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसाले घटेर यस वर्ष ७ रुपैयाँ ५३ पैसा मात्रै भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ भने १९८ रुपैयाँ ६१ पैसा कायम रहेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

viber image 2025 01 20 09 12 41 887 https://bajarkochirfar.com/siddhartha-bank-which-sponsors-the-nepal-premier-league-sees-a-53-percent-drop-in-profit-eps-down-by-rs-8-5 | %tags

यो पनि पढ्नुहोस् 

सिटिजन्स बैंकको नाफामा गिरावट, एनपिएल पनि बढ्यो
https://bajarkochirfar.com/citizens-banks-profit-declines-npls-also-increase

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर