सिटिजन्स बैंकको नाफामा गिरावट, एनपिएल पनि बढ्यो

सिटिजन्स बैंकको नाफामा गिरावट, एनपिएल पनि बढ्यो
Advertisement Ads

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.४५ प्रतिशतले थोरै हो। गत वर्ष सोही अवधिमा बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफा घटेको हो। बैंकको इम्पेयरमेन्ट चार्ज ८५ करोड ९५ लाख रुपैयाँबाट बढेर अहिले १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ पुगेको छ। यता बैंकको ब्याज आम्दानी पनि बढेको छ। गत आर्थिक वर्ष बैंकले २ अर्ब ८३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो जुन अहिले बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको खरण कर्जा ०.७८ प्रतिशतले बढेर ४.८५ प्रतिशत पुगेको छ।

प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ०६ पैसाले घटेर ८ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३९ पैसा रहेको छ।

Advertisement Ads

पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने १५ करोड ८१ लाख रुपैयाँ रहेको छ।

viber image 2025 01 20 09 28 46 661 https://bajarkochirfar.com/citizens-banks-profit-declines-npls-also-increase | %tags

यो पनि पढ्नुहोस् 

दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक, कति कमायो नाफा ?
https://bajarkochirfar.com/nabil-bank-which-earned-the-highest-profit-in-the-second-quarter-how-much-profit-did-it-earn

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स