सिद्धार्थ बैंकले फाल्गुन १ गतेदेखि लागू हुने ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बचत खाताहरूमा कुनै परिवर्तन गरेको छैन।
नेपाली रुपैयाँमा रहेका बचत खाताहरूमा कुनै परिवर्तन गरिएको छैन। सिद्धार्थ सजिलो बचत खाता र सिद्धार्थ पीसकिपिङ बचत खातामा ३.०५ प्रतिशत ब्याजदर कायम गरिएको छ। अन्य विभिन्न प्रकारका बचत योजनाहरूमा पनि ब्याजदर ३.०५ प्रतिशतदेखि ४.५५ प्रतिशतसम्म कायम छ, जुन खाताको प्रकारअनुसार फरक फरक रहन्छ।
मुद्दती निक्षेप योजनामा व्यक्तिगत तर्फका लागि ब्याजदरमा केही परिवर्तन गरिएको छैन। तीन महिनादेखि एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा ब्याजदर ४.६० प्रतिशत, एक वर्षदेखि दुई वर्ष अवधिको मुद्दती निक्षेपमा ब्याजदर ५.५०, दुई वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ६.० प्रतिशत यथावत राखिएको छ।
संस्थागत मुद्दती निक्षेप योजनामा पनि केही समायोजन गरिएको छ। एक वर्षदेखि दुई वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा ब्याजदर ३.५ प्रतिशतमा, दुई वर्षदेखि पाँच वर्ष अवधिको मुद्दती निक्षेपमा ब्याजदर ४.० प्रतिशत यथावत राखिएको छ। पाँच वर्षदेखि सात वर्ष अवधिको मुद्दती निक्षेपमा ब्याजदर ४.७५ प्रतिशतबाट बढाएर ५ प्रतिशत कायम गरिएको छ। यस्तै
सात वर्ष माथिको मुद्धती निक्षेपमा ब्याजदर ५ प्रतिशत कायम गरिएको छ।
बैंकले मुख्य कर्जामा पनि ब्याजदर बढाएको छैन।












![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया