शुभम पावर लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असार २० गते बस्ने भएको छ । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ।
सभाले दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । साथै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापकतर्फबाट तीन जना र सर्वसाधारण तर्फबाट एक जना गरी चार सञ्चालक निर्वाचन गर्नेछ ।
यस पटक कम्पनीले कुनै पनि लाभांश प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ। तर, साधारणसभामा महत्वपूर्ण प्रस्तावका रूपमा गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी विषय पनि प्रस्तुत गरिने भएको छ।
कम्पनीको ठेगाना परिवर्तन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
सभा प्रयोजनका लागि असार ६ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार , असार ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।













![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया