शुभम् पावरले कमायो ४२ लाख नाफा, विद्युत बिक्री आम्दानी १.७८ करोड

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
शुभम् पावरले कमायो ४२ लाख नाफा, विद्युत बिक्री आम्दानी १.७८ करोड

शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बढेर ४२ लाख ९८ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ६४ लाख ४० हजार रुपैयाँमा घाटामा थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेर १ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च २८ लाख १४ हजार रुपैयाँ पुगेको छ। कम्पनीको विद्युत उत्पादन सुरु भएसँगै आम्दानी आर्जन हुन थालेको र खर्च नियन्त्रणमा रहेकाले नाफा बढेको हो।

२० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा १ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ४९ पैसा छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स