श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। साथै, सोही बैठकले कम्पनीको वार्षिक साधारण सभा पुस २४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। सभा बुटवलको कालिकानगरस्थित क्लब डेनोभोमा बिहान ११ बजे बस्नेछ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिन बुक क्लोज गर्ने तयारी गरेको छ। बुक क्लोजका आधारमा पुस ६ गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन योग्य हुनेछन्।




















प्रतिकृया