श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषअन्तर्गत रहेको सेयरको लक–इन अवधि वैशाख ११ गतेपछि समाप्त हुने भएको छ। कम्पनीको कुल सूचीकृत सेयरमध्ये सामूहिक लगानी कोषसँग १ लाख ५४ हजार ९६९ कित्ता सेयर रहेको छ।
कम्पनीको कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छ। मंसिर ५ गते सूचीकृत भएको कम्पनीको सेयर कारोबार भने मंसिर ८ गतेदेखि सुरु भएको हो।
कम्पनीले सर्वसाधारणमा कात्तिक १२ गते आईपीओ बाँडफाँड गरेको थियो। नियमअनुसार, आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषको सेयर लक–इनमा राखिने व्यवस्था हुन्छ। उक्त अवधि पूरा भएपछि अब सामूहिक लगानी कोषहरूले आफ्नो स्वामित्वको सेयर कारोबार गर्न पाउनेछन्।
यसका साथै कम्पनीका अन्य सेयरधनीहरूको हिस्सा पनि अझै लक–इनमा रहेको छ। संस्थापक समूहको १ करोड ३० लाख ५० हजार कित्ता, स्थानीय बासिन्दाको १ लाख ६३ हजार १२५ कित्ता र कर्मचारीतर्फको १ लाख २३ हजार ९७५ कित्ता सेयर लक–इनमै रहेका छन्।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया