श्री नगर एग्रीटेकका सेयरधनी मालामाल ! ४ दिनमै २७ प्रतिशतले बढ्यो भाउ, यस साता नाफा कमाउने कम्पनी कुन- कुन?

श्री नगर एग्रीटेकका सेयरधनी मालामाल ! ४ दिनमै २७ प्रतिशतले बढ्यो भाउ, यस साता नाफा कमाउने कम्पनी कुन- कुन?
Advertisement Ads

नेप्से परिसूचक यो साता ७३.१८ अंकले बढेर २७१४.६१ अंकमा पुगेको छ। यस साता पाँच दिनमध्ये चार दिन कारोबार भएको थियो भने सोमबार बिदाको कारण सेयर बजार बन्द रह्यो।यस साता सबैभन्दा धेरै बढ्ने कम्पनी श्री नगर एग्रीटेक रहेको छ। गत साताको अन्त्यमा ११०० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य १३९८.१ रुपैयाँ पुगेको छ,जुन २७.१० प्रतिशतले बढेको हो।

त्यस्तै, एसवाई प्यानलको सेयर मूल्य २३.५० प्रतिशतले बढेर १७१०.५ रुपैयाँ पुगेको छ। आँखु खोलाको सेयर मूल्य २०२.८ रुपैयाँबाट २४४ रुपैयाँ पुग्दा २०.३२ प्रतिशतले उकालो लागेको छ। गुर्खाज फाइनान्सका लगानीकर्ताले पनि राम्रो नाफा कमाएका छन्। कम्पनीको सेयर मूल्य १८.५९ प्रतिशतले बढेर ६०६ रुपैयाँ पुगेको छ। यसैगरी, बन्दीपुर केवलकारको सेयर मूल्य ८३० रुपैयाँबाट ९८० रुपैयाँ पुगेको छ, यस साता मात्रै १८.०७ प्रतिशतले वृद्धि भएको हो।

अन्य कम्पनीहरु जस्तै: श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १७.०३ प्रतिशत, सागर डिस्टिलरीको १४.६१ प्रतिशत, नेपाल हाइड्रो १४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक १३.४९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको १३ प्रतिशतले वृद्धि भएको छ।

NEPSE UPDATE 4 https://bajarkochirfar.com/shree-nagar-agritechs-shareholders-are-rich-the-price-increased-by-27-percent-in-4-days-which-companies-will-make-profits-this-week | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स