शेरबहादुर देउवा भन्छन्, “कांग्रेस बलियो भएमात्रै देश बन्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
शेरबहादुर देउवा भन्छन्, “कांग्रेस बलियो भएमात्रै देश बन्छ”
AdvertisementAds

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमै मात्र सबै वर्गका अधिकार सुरक्षित हुन सक्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रममा सम्बोधन गर्दै उनले यो धारणा राखेका हुन्।

कार्यक्रममा देउवाले भूतपूर्व सैनिक संघमा रहेका समस्याहरूबारे आफू सचेत रहेको उल्लेख गर्दै समाधानका लागि पहल गरिरहेको बताए। साथै, गोरखा भर्ती केन्द्रसम्बन्धी विषयमा सरकारसँग छलफल भइरहेको जानकारी गराउँदै उनले कूटनीतिक तहबाट समाधानको पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

सभापति देउवाले गोरखा भर्ती प्रक्रियासम्बन्धी समस्याहरू समाधान गर्न सरकारसँग निरन्तर संवाद भइरहेको बताए। उनले भने, “नेपाल भूतपूर्व सैनिक संघका साथीहरूको समस्या बुझेको छु। गोरखा भर्ती केन्द्रका विषयमा सरकारसँग कुरा भइरहेको छ, र सुझाव संकलन गरेर कूटनीतिक तहमा पहल अघि बढाइनेछ।”

साथै, भूतपूर्व गोरखा सैनिकहरूको पेन्सन विभेदबारे आफू जानकार रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग छलफल गर्ने आश्वासन दिए।

ललितपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक संघको छैठौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले नेपाली कांग्रेसलाई बलियो बनाउन भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको सशक्तिकरण आवश्यक रहेको बताए। उनले भने, “जनताको समर्थनकै कारण कांग्रेस लोकप्रिय पार्टी बनेको छ। कांग्रेस बलियो भए मात्र देश समृद्ध हुन्छ।”

AdvertisementAds

उनले लोकतन्त्रमै मात्र सबै नागरिकका अधिकार सुरक्षित हुने भएकाले सबैलाई यसप्रति सजग रहन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स