नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरूको योगदानबारे प्रचार-प्रसार गर्न आवश्यक रहेको बताएका छन्। उनले नेताहरूको योगदानलाई पुस्तकमार्फत प्रकाशित गरेर नयाँ पुस्तासम्म पुर्याउनु पर्ने आवश्यकता औंल्याए।
आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकद शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले राधेश्याम जोन्छे एक जुझारु नेताका रूपमा स्मरणीय रहेको बताए। नेताहरूको स्मृतिमा प्रतिष्ठान स्थापना गरी समाजसेवामूलक कार्य अघि बढाउनु सकारात्मक कार्य भएको उनको भनाइ थियो।
त्यसै कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले मुलुकको समृद्धिका लागि राजनीतिक एकता अपरिहार्य रहेको धारणा राखे। उनले संसद अवरुद्ध गर्नु अनुचित भएको उल्लेख गर्दै माओवादीलाई सदन सञ्चालनमा सहज वातावरण बनाउनु पर्ने आग्रह गरे। भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको अनुसन्धानप्रति विश्वास राख्नुपर्ने उनले बताए। साथै, निधिले नेपालमा राजतन्त्र फर्काउने प्रयास असम्भव रहेको स्पष्ट पारे।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया