नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन रोकिँदा समस्या उत्पन्न भएको बताएका छन्। सार्वजनिक लेखा समितिको निर्णयमा अलमल देखिएको भन्दै समितिमा पुनः छलफल गरिने जानकारी दिए।
उनले विश्वभर विकास निजी क्षेत्रले नै गरेको बताए। “निजी क्षेत्र भनेको जनता हो, त्यसलाई प्रवद्र्धन गर्न नेपाली कांग्रेसले सहयोग गर्छ,” उनले भने, “तर नियतै ठगीको राखेर सेयर निष्काशन गर्नुहुँदैन, कडाइका साथ नियमन हुनुपर्छ।”
आईपिओ प्रणाली राम्रो अवधारणा भए पनि ठगीका कारण बदनाम हुन नहुने उनले उल्लेख गरे। “आईपिओ निष्काशन हुनुपर्छ, सर्वसाधारणले लगानी गर्नुपर्छ,” उनले भने, “तर यदि यसलाई ठगीको माध्यम बनाइयो भने लगानीकर्ताको विश्वास गुम्छ, जसले आईपीओ प्रणालीमै असर गर्छ।”
साथै, नेपालले सौर्य ऊर्जा जस्ता वैकल्पिक स्रोतहरूलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।








![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)







![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया