शेखर गोल्छाको लगानी रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा लगातार १५ दिनसम्म सकारात्मक सर्किट

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
शेखर गोल्छाको लगानी रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा लगातार १५ दिनसम्म सकारात्मक सर्किट

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएपछि लगातार १५ कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य माघ २७ गते आइतबार दोस्रो बजारमा कारोबार आएकै दिनदेखि नै १० प्रतिशतका दरले बढेको छ ।

आज १५ औँ कारोबार दिन पनि कम्पनीको १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको छ। हाल कम्पनीको सेयर सर्किट लागेर प्रतिकित्ता १२५६.४० रुपैयाँमा पुगेको छ । कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। यसमध्ये संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता सेयर रहेको छ।

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स