मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयर समायोजन भएको छ ।
सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ७२२.८६ रुपैयाँ कायम भएको छ। कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ७५९ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५५७.५० रुपैयाँ कायम भएको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ६६९ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।



प्रतिकृया