SHAREHUB SHAREHUB

काठमाडौंमा अतिक्रमित संरचना हटाउन सातदिने अल्टिमेटम

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १४ गते
Advertisement Ads
काठमाडौंमा अतिक्रमित संरचना हटाउन सातदिने अल्टिमेटम
Advertisement Ads

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन्।

दुवै निकायले आज संयुक्त सूचना जारी गर्दै महानगर क्षेत्रभित्र तथा सिमाना जोडिएका काठमाडौं जिल्लाभित्र रहेका सार्वजनिक स्थानका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन सातदिने समयसीमा दिएका हुन्।

सूचनामा उल्लेख भएअनुसार, असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्ने र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको थियो।

महानगर र प्राधिकरणले सम्बन्धित व्यक्तिहरूले तोकिएको समयभित्र आफ्नै पहलमा संरचना नहटाए कानूनी कारबाही गरेर जग्गा खाली गरिने चेतावनी दिएका छन्।

यससँगै राजनीतिक संरक्षणमा खोलाकिनारका जग्गा कब्जा गरी बसेका नक्कली सुकुम्बासीका टहरा र घरहरूमा पनि डोजर चल्ने पक्का भएको छ।

Advertisement Ads

suchana 1761879597 1761881376 https://bajarkochirfar.com/seven-day-ultimatum-to-remove-encroached-structures-in-kathmandu | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स