धितोपत्र बोर्डले ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ आजै सार्वजनिक गर्छ: छलफलमा सहभागी लगानीकर्ता

धितोपत्र बोर्डले ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ आजै सार्वजनिक गर्छ: छलफलमा सहभागी लगानीकर्ता

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ आजै सार्वजनिक गर्ने भएको छ।

मंगलबारको आन्दोलनपछि बोर्ड र लगानीकर्ता प्रतिनिधि बीच भएको छलफलमा धितोपत्र बोर्डले आजै ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ सार्वजनिक गर्ने सहमति भएको छलफलमा सहभागी लगानीकर्ता पुरुषोत्तम कडेलले बताए।

धितोपत्र बोर्डका अध्यक्षसँग भएको छलफलपछि बजारको चिरफारसँग कुरा गर्दै कडेलले तत्काल कार्यान्वयन गर्न सकिने ८ बुँदे योजना केहीबेरमै सार्वजनिक हुने र ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ आज बेलुकासम्म धितोपत्र बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने सहमति भएको बताए।

“८ बुँदे योजना अहिले नै सार्वजनिक हुन्छ। ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ भने आज बेलुकासम्म धितोपत्र बोर्डको वेबसाइटमा आउँछ,” कडेलले भने।

धितोपत्र बोर्ड र लगानीकर्ता प्रतिनिधिबीच करिब चार घण्टा लामो छलफलपछि यस्तो सहमति भएको हो। यद्यपि, धितोपत्र बोर्डले ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ सार्वजनिक गर्ने विषयमा औपचारिक घोषणा भने गरिसकेको छैन।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स