सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तोक्यो

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज मिति पनि तोक्यो

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो प्रस्तावलाई अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स