चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा अध्यक्षमा विजयी भएका छन्।
पूर्वप्रधानमन्त्री माधव नेपाल र नेता प्रभु साहको निर्वाचन क्षेत्रसमेत रहेको रौतहटको चन्द्रपुरमा नेपाली कांग्रेस, एमाले लगायतको गठबन्धनको साझा उम्मेदवार सुनिल साहलाई पराजित गर्दै सापकोटा निर्वाचित भएका हुन्।
रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै देशभर हस्ताक्षर अभियान चलाइरहेका बेला चन्द्रपुरमा रास्वपालाई प्राप्त भएको यो सफलता राजनीतिक रूपमा विशेष महत्वको रूपमा हेरिएको छ।
अध्यक्ष पदका लागि सापकोटाले ५ सय २ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी साहले २ सय ६९ मत मात्रै पाए। सापकोटा झण्डै दोब्बर मतान्तरले विजयी भएका हुन्।
१ हजार ९७ मतदाता रहेको संघको निर्वाचनमा ८ सय २ मत खसेको थियो। अन्य सदस्य पदका उम्मेदवारहरू भने निर्विरोध निर्वाचित भएका छन्। विजयी भएपछि सापकोटाले चन्द्रपुरको पहिचान र व्यवसायीको हितमा सक्रिय रहने प्रतिबद्धता जनाए।

















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)
प्रतिकृया