नेप्सेमा सानिमा बैंकको २ अर्बको अग्राधिकार सेयर सूचीकृत, कसले पाउँछन् किनबेच गर्न ?

नेप्सेमा सानिमा बैंकको २ अर्बको अग्राधिकार सेयर सूचीकृत, कसले पाउँछन् किनबेच गर्न ?
Advertisement Ads

सानिमा बैंकको २ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा बैंकको १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता ‘सानिमा अविमोच्य अञ्चिति अग्राधिकार सेयर’ सूचीकृत भएको हो।

बैंकले यस अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशत लाभांश दर तोकेको छ, जुन नाफा भएको वर्षमा मात्र वितरण गरिनेछ। यस सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको थियो।

अब यो अग्राधिकार सेयर भोलि शुक्रबारदेखि कारोबारमा आउनेछ। तर यसको कारोबार संस्थागत लगानीकर्ताबीच मात्र सीमित रहनेछ। सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकरलगायत) तथा सामूहिक लगानी कोषले भने यो सेयर खरिद–बिक्री गर्न पाउने छैनन्।

sanima bank shares listed notice 1779359098391 https://bajarkochirfar.com/sanima-banks-2-billion-rupees-preference-shares-listed-on-nepse-who-can-buy-and-sell-them | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स