सानिमा बैंकले दुई पाङ्ग्रे सवारी साधन बेच्दै, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
सानिमा बैंकले दुई पाङ्ग्रे सवारी साधन बेच्दै, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
AdvertisementAds

सानिमा बैंकले आफ्ना प्रयोग भएका सवारी साधन बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले प्रयोग गरेका सवारी साधनहरू जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने बताएको छ। 

बिक्रीका लागि उपलब्ध सवारी साधनहरूमा Hero Splendor मोटरसाइकल (बा ६२ प ५१८४), Honda Dio स्कुटर (बा ६२ प ८९०१), Hero Pleasure स्कुटर (बा ६६ प ४०३३) र Hero Pleasure स्कुटर (बा ६६ प ६१२०) रहेका छन्, जसको सबै निर्माण वर्ष २०१४ हो। 

यी सवारी साधनहरू सानिमा बैंकको प्रमुख कार्यालय, नक्सालमा हेर्न सकिन्छ। बोलपत्र बुझाउने अन्तिम मिति २०८२ साल आषाढ ३० गते अर्थात् १४ जुलाई २०२५, अपरान्ह २:०० बजे तोकिएको छ। बैंकले बोलपत्र स्वीकृत, आंशिक स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफूमा सुरक्षित राखेको छ भने इच्छुकले थप जानकारीका लागि बैंकको सामान्य सेवा विभागमा सम्पर्क गर्न सक्नेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स