क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा यसपटक नरहने निर्णय गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले यो निर्णय धेरै सोचविचारपछि व्यक्तिगत र व्यावसायिक विकासका लागि गरेको स्पष्ट पारेका छन्।
सन्दीपले यो निर्णय न त राष्ट्रप्रति दूरी बनाउन गरिएको हो, न त क्रिकेटबाट टाढा हुनको लागि, बरु जीवनको नयाँ मोडमा आफूलाई अझ परिपक्व बनाउन उठाइएको कदम भएको बताएका छन्। उनले भनेका छन्, “म सधैंजस्तै जोश र समर्पणका साथ नेपालको लागि खेलिरहनेछु। त्यो गर्व र जिम्मेवारी मेरो हृदयसँग सधैं जोडिएको छ।”
उनका अनुसार जीवन निरन्तर विकसित भइरहने यात्रा हो, जसमा अन्वेषण गर्न अझ धेरै बाँकी छ। उनले क्रिकेट र त्यस बाहिरका यात्राप्रति उत्साह व्यक्त गर्दै, आफ्नो देशप्रतिको वफादारी र खेलप्रतिको जोश सधैं केन्द्रमा रहने बताए। उनका शब्दमा, “कहिलेकाहीँ, निर्णयहरू अलग हुने चाहनाबाट होइन, तर उद्देश्य र विकासको ठाउँबाट लिइन्छन्।”




















प्रतिकृया