साना किसान विकास लघुवित्तको नाफा ५१ करोड
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकशित गरेको छ। समीक्षा अवधिमा कम्पनीको ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.०१ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो।
इम्पेयरमेन्ट चार्ज घट्दा लघुवित्तको नाफामा सुधार देखिएको छ। समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज १० करोड ३ लाख रुपैयाँबाट घटेर ३ करोड ५ लाख रुपैयाँमा झरेको छ। यता ब्याज आम्दानी २.२३ प्रतिशतले घटेर ९६ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको सञ्चालन नाफा ६.७० प्रतिशतले बढेर ७५ करोड १७ लाख रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्म कम्पनीले २२ अर्ब ३४ करोड निक्षेप संकलन गरी ३३ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। खराब कर्जा ०.२७ प्रतिशतले बढेर २.२७ प्रतिशत पुगेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ र जगेडा कोष ५ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ संचित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७६ पैसाले घटेर २४.०१ रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर नेटवर्थ २३१.१८ रुपैयाँ रहेको छ।